काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले भ्यालेन्टाइन डे अवसरमा ग्राहकलाई क्यूआर कोडमार्फत गरिने भुक्तानीमा १५ प्रतिशत क्यास ब्याक दिने भएको छ । ग्राहकले भ्यालेन्टाइन डे अवसर पारेर प्रिय पात्रसँग माया, सद्भाव, मित्रता र प्रशंसा बाँड्ने मौका प्रदान गर्न बैंकले फागुन १ तथा २ गतेसम्म सामान खरिद गर्दा उक्त क्यास ब्याक सुविधा उपलब्ध गराउने भएको हो ।
बैंकका अनुसार मेरी उनीलाई लेखेर क्यूआर कोडमार्फत गरिने भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २०० सम्म क्यास ब्याक पाउन सकिनेछ । ग्राहक सुविधालाई लक्षित गरी समयसान्दर्भिक योजनाबाट लाभ दिँदै आएको बताएको बैंकले बताएको छ । हाल बैंकले २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ इकाइ, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सुविधा दिँदै आएको छ ।