संसदीय सुनुवाई समितिमा प्रस्तावित राजदुतहरूको छलफल, लगानी भित्र्याउन अधिकतम कोसिस गर्ने

बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत आचार्यले नेपालका प्रधानमन्त्रीहरुले बेलायतमा प्रशस्त भ्रमण गरेको उल्लेख गर्दै बेलायतका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको पनि नेपाल भ्रमण गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन् । बेलायतका राष्ट्र प्रमुखले नेपालको भ्रमण गरेपनि सरकार प्रमुखले हालसम्म भ्रमण गरेका छैनन् । दुई देशको सम्बन्धलाई अझै सुदृढ बनाउन सरकार प्रमुखको रुपमा बेलायतका प्रधानम...