एनएमबि बैंक र वैकल्पिक ऊर्जा केन्द्रबीच सम्झौता

एनएमबि बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र/केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीच सम्झौता भएको छ ।सम्झौतासँगै मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवद्र्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रमअन्तर्गत कर्जा नोक्सानी सुरक्षण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापना भएको हो ।यो […]

सम्बन्धित सामग्री

एनएमबि बैंक र वैकल्पिक ऊर्जा केन्द्रबीच सम्झौता

काठमाडौं (अस) । एनएमबि बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता गरिएको छ । मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवर्द्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रम अन्तर्गत कर्जा नोक्सानी सुरक्षण सम्बन्धी दुई संस्थाबीच सम्झौता गरिएको हो । बैंकले सो प्रदेशहरूमा नवीकरणीय ऊर्जाका परियोजनामा गरेको कर्जा लगानीको भुक्तानी नभएमा त्यस्ता कर्जामा कोषले २० प्रतिशत साँवा रकमसम्मको सुरक्षण प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको बैंकको भनाइ छ । सो सम्झौताले एनएमबि बैंकलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तार गर्न सहयोग पुग्ने बताइएको छ ।