मुस्लिम समुदायको विरोधपछि सामसुङले विवादास्पद विज्ञापनको प्रसारण रोक्यो

सोल । विद्युतीय उपकरण निर्माणका लागि लोकप्रिय दक्षिण कोरियाको सामसुङ कम्पनीले हालै आफ्नो एक विवादास्पद विज्ञापन प्रसारणमा रोक लगाएको छ । सो विज्ञापनमा एकजना मुस्लिम आमाले महिलाको पहिरनमा सजिएका आफ्नो तेस्रोलिंगी छोरालाई समर्थन गरेको भाव देखाइएको छ । केही मुस्लिम समुदायबाट आपत्ति जनाइएपछि यो विज्ञापन रोकिएको हो । थुप्रै सामाजिक संजाल प्रयोकर्ताहरूले यो...