‘विदेशबाट पठाएको पैसाले घरको व्यवस्थापन पुरुषको तुलनामा महिलाले राम्रो गरेको देख्छु’

नेपालमा महिलाहरूको श्रम शक्तिमा संलग्नता अग्रणी नै छ । यसको बारेमा धेरै सर्वेक्षणहरू त भएको छैन । तर पनि भारत बङ्गलादेशको भन्दा तुलनामा नेपालमा महिलाहरूको श्रम सहभागिता  अग्रणी छ ।  विदेशबाट पठाएको पैसाबाट महिलाहरूले चलाएको घरको अवस्थाको कुरा गर्दा, कतै कतै श्रीमान् परदेश लागेपछि घर बिग्रेको कुराहरू पनि सुनिन्छ । तर महिलाहरूले सञ्चालन गरेको घर मात्र होइन, आर्थिक क्रियाकलापमा पनि बढी इमानदारिता देखिन्छ ।  घरको खर्च गर्दा बजेटको एकदम राम्रो प्राथमिकिकरण गरेको पाइन्छ । महिलाहरूले चलाएको घरमा बच्च...