कर्मचारी सङ्गठनमा लगाएको ताला खोल्न मुख्यसचिवमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । सङ्गठनको केन्द्रीय कार्यालयमा भएको तालाबन्दी तत्काल खोली कामकाज गर्ने सहज वातावरण बनाउन नेपाल निजामती कर्मचारी सङ्गठनले मुख्यसचिव शंकरदास वैरागीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । असोज ४ गतेदेखि सङ्गठनको केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि खुलाउनका लागि सङ्गठनको जिल्ला कार्यसमितिले आइतबार ७७ वटै प्रमुख जिल्ला अधिकारी र विभागीय कार्य समितिले सम्बन्धित मन्त्रालयको सचिव […]