काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने बताएका छन्। तनहुँको भानु नगरपालिका–१ भन्सारमा शनिबार आयोजित कार्यकर्ता भेटघाटमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले आगामी दिनमा पनि निरन्तरता पाउने दाबी गरे। निर्वाचनको मिति तोकिएसँगै वरिष्ठ नेता पौडेलले गृहजिल्लामा कार्यकर्ता भेटघाटलाई तीव्र बनाइरहेका छन्। उनले भेटघाटको क्रममा विकासबाहेक आफ्नो अ