सेती अस्पताललाई नागरिकमैत्री बनाउने अभियानमा डिल्लीराज भट्ट

डिल्ली राज भट्ट उमेरले २७ वर्ष भए । तर, उनी सुदूर भूमिमा रहेर स्वसुधारका क्षेत्रमा सक्रिय छन् । सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका भट्ट सुदूरको स्वास्थ्य समृद्ध र जनमुखी होस् भन्ने चाहन्छन् । समाजसेवाका लागि उमेर चाहिँदैन । चाहिन्छ त केवल इच्छाशक्ति । सोही इच्छाशक्तिकै कारण भट्ट सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको सदस्यमा नियुक्त भए ।‘हामी अस्पतालमा जाँदा सरसफाइको निकै समस्या थियो । बिरामीहरूले नाक छोपेर आहोरदोहोर गर्नुपर्ने अवस्था थियो । हाम्रो पहिलो प्राथमिकत