वाग्मती सभ्यता विकास समितिका कर्मचारी कुट्ने घिसिङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीमाथि कुटपिट गरेको आरोप लागेका धनकुटाका सुवास घिसिङ (सुन मुन्द्रे)माथि ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा अनुसन्धान थालिएको छ ।  ४८ वर्षीय घिसिङ (सुन मुन्द्रे) लाई मुलुकी अपराध (सहिंता) ऐन, २०७४ को परिच्छेद–१२ को देहाय १८३ को ‘ज्यान मार्ने उद्योग गर्न नहुने’ कसुरमा...

सम्बन्धित सामग्री

‘सुन मुन्द्रे’ भनेर चिनिने सुवास घिसिङ पक्राउ

‘सुन मुन्द्रे’ भनेर चिनिएका ठेकेदार सुवास घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको पाख्रिबास घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बस्ने ४८ वर्षीय घिसिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।असार २७ मा गोकर्णेश्वर–६ स्थित नयाँबस्तीमा उनले बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी बलराम श्रेष्ठलाई कुटेको आरोप छ । फोहोर अनुगमन गर्न गएका श्रेष्ठलाई कुटेको आरोपमा प्रहरीले घिसिङलाई ज्यान मार्ने उद्योग सम्बन्धी कस