जुम्ला : जुम्लाको तातोपानी गाउँपालिका–१ तराफीको स्याउमा झुसिल किराको प्रकोप देखिएको छ। तराफीका १५० वटा स्याउ बगैँचामा झुसिल किरा लागेर फल सखाप हुन थालेको हो। स्याउको फल र फूल खान थालेपछि जिल्लाको प्राविधिक टोली त्यस क्षेत्रमा जाने भएको छ।त्यस्तै तातोपानी गापा र जिल्ला कृषि विकास समितिको पहलमा किराको प्रकोप व्यवस्थापन गर्न जिल्लास्तरीय बैठक बसेको छ। त्यो बैठकले तत्काल प्राविधिक टोली खटाउनुका साथै आवश्यक सहयोगका लागि प्रदेश र संघीय सरकारलाई माग गर्ने निर्णय गरेको छ। त्यो ठाउँमा एक महिनादेखि