वीरगञ्ज महानगरपालिका वडा नं २५, सिर्सियाका १४ वर्षीय निरजकुमार पासवानको हत्यामा संलग्न भएको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलन गर्दै वीरगञ्ज–१७ अलौं बस्ने कृष्णा भन्ने श्यामप्रसाद यादव र धोविनी गाउँपालिका–१ घोडदौड पिप्रा घर भई वीरगञ्जमै बस्दै आएका ३० वर्षीय दिलीपकुमार पटेललाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । घटनामा थप एक जनाको संलग्नता देखिएको प्रहरीले जनाएपनि उनको पहिचान नभएकोले खोजी कार्य जारी