इरान, चीन र रुसले उत्तरी हिन्द महासागरमा शुक्रवार संयुक्त सैन्य अभ्यास गरेका छन् ।
इरानका सशस्त्र बल र रिभोल्युसनरी गार्ड्सहरूले २०२२ मरिन सिक्योरिटी बेल्ट नामक अभ्यासमा सहभागिता जनाएको इरानका रियर एड्मिरल मोस्तफा ताजोलदिनीले जनाकारी दिए ।
अभ्यासका क्रममा उनीहरूले बलिरहेको जहाजबाट मानिसलाई उद्धार गर्ने, अपहरणमा परेको जहाजलाई मुक्त गर्ने र रातको समयमा आकाशमा रहेको लक्ष्यलाई हान्ने काम गरे ।
अभ्यास शुक्रवार बिहानबाट शुरू भएको हो ।
यी तीन देशहरूले सन् २०१९ देखि संयुक्त जलसैन्य अभ्यास ओमान सा...