भगवान् विष्णुका २४ अवतारमध्येको एक लक्ष्मी ह्यग्रीवको नेपालमै पहिलो मन्दिर निर्माण सम्पन्न गरी आजदेखि पाँच दिने प्राण प्रतिष्ठा सुरु भएको छ । राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वर क्षेत्रमा मन्दिरको निर्माण भएको हो ।मन्दिरमा आज शुभ साइत पारी प्राण प्रतिष्ठा सुरु गरिएको हो । वैशाख ३० गतेसम्म पाँच दिन विभिन्न अनुष्ठान आयोजना गरी भक्तजनका लागि मन्दिर खुला गर्ने तयारी भएको छ । अनुष्ठानमा विभिन्न धार्मिक सन्त, महन्तले प्रवचनसमेत गर्नेछन् । कार्यक्रमको पहिलो दिन