जन्मजात निलो हुने मुटुरोग के हो ?

जन्मजात मुटुरोगमध्ये शिशुमा देखिने सबैभन्दा जटिल किसिमको रोगमध्ये एक हो निलो हुने मुटुरोग । मुटुको प्रणालीमा समस्या भई जन्मिंदा शिशुको छाला निलो हुने यो रोगलाई चिकित्सकीय भाषामा क्यानोटिक हार्ट डिजिज भनिन्छ । यो रोग लागेका करिब दुईदेखि तीन प्रतिशतको लक्षण जन्मेको एक महिनाभित्रै देखा पर्छ । जसमध्ये एकदेखि तीन जना नवजात शिशुको समयमै उपचार नभएको […]