काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २७ मा प्रतिनिधिसभाको अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सो निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आजै सिफारिस भएको उनको भनाइ छ । यसअघि सरकारले बिजनेस नभएको भन्दै सभामुखसँग समेत परामर्श नगरी हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।(नोट : यसअघि संसदको बजेट अधिवेशन बोलाइएको भन्ने व्यहोरा पर्न गएको
सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारले प्रतिनिधि सभाको चालू हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ ।
सोमवार दिउँसो १ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिश गरिएको महिला बालबालिका तथा समाजकल्याण मन्त्री जुली महतोले लोकान्तरलाई जानकारी दिइन् ।
वैशाख अन्तिम साता बजेट अधिवेशन बोलाउनुपर्ने भएकाले संसद्को बजेट अधिवेशन अन्त्य गर्ने निर्णय भएको अर्का एक मन्त्रीले जानकारी दिए ।
प्रतिनिधि सभाको बैठक मंगलवार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।
यसअघि गत असार महिनामा पनि प्रतिनिधि सभाको बैठक तोकिएको अवस्थामा अधिवेशन अन्त्य ...