विगत तीन सातादेखि अवरुद्ध रुकुमपूर्वको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको लुकुम–पातीहाल्ना खण्डमा जमेको हिउँ पन्छाएपछि सडक पुनः सञ्चालन भएको हो । पटक–पटक हिउँ पर्दा पन्छाउँदै यातायात सञ्चालन गर्दै आए पनि पछिल्लो समयमा भने लामो समय सडक अवरुद्ध हुनपुगेको हो ।
एक साता लगाएर हिउँ पन्छाएपछि अहिले सडक सञ्चालन भएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिए । गाउँपालिकाको इन्धन सहयोगमा उक्त खण्डमा काम गरिरहेको सिद्धी शाही निर्माण कम्पनीले सडकमा जमेको हिउँ पन्छाएको अध्यक्ष बुढाले बताए...