बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नेपालको राजनीति जटिल मोडमा पुगेको बताएका छन् । ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विदेशी अनुदानको विवादले देशको राजनीति जटिल अवस्थामा पुगेको बताएका हुन् ।उनले एमसीसीलाई लक्षित गर्दै भने ‘विदेशबाट आएको अनुदान सहायताको कारण हामी विवाद र अप्ठेरोपनाहरू झेल्दै आएका छौँ । यसले देशको राजनीतिलाई नै जटिल मोडमा पुर्याएको छ ।’ उनले वर्तमान गठबन्धनको सरका