काठमाडौं : विवादको भुमरीबीच सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको नाम नै नरहेपछि निर्वाचन आयोगले आजदेखि साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जगाउन काम थाल्ने भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपाका नाममा जुटेको सत्ताधारी दल अनौपचारिक विभाजन भएको थियो।सर्वोच्च अदालतले ओलीको निर्णय बदर गरिदिएपछि राजनीतिक संकट झनै चुलिएको छ। यसैबीच, सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको नाममा दर्ता भएकाले उनैको हुने फैसला सु