निरन्तरको वर्षाको कारण दशैंको टीका लगाउन जानेलाई समस्या

काठमाडौं :  नवदुर्गाको प्रसाद लगाउन मान्यजनका घरमा जान चाहनेहरू निरन्तरको वर्षाले समस्यामा परेका छन्। विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकादेखि निरन्तर वर्षा भएपछि टाढा टाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशीर्वाद लिन जाने समस्यामा परेका हुन्।दुई दशकको दशैं मनाउँदा यसरी निरन्तर वर्षा भएको अहिलेसम्म आफूले थाहा नपाएको कागेश्वरी मनोहरा नगरपालिका–६ की कविता सापकोटा बताउँछिन्।वर्षाकै कारण आफन्तकहाँ टीका लगाउन जान नपाइएको उनको गुनासो छ। राजधानीमा नजि