काठमाडौँ : यही १७ गते जाजरकोटमा गएको भूकम्प र त्यसपछिका पराकम्पहरूबाट भएका घाइतेमध्ये हाल ३६ जना अझै अस्पतालमा उपचाररत रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले जाजरकोट अस्पतालमा ३ जना, प्रादेशिक अस्पताल सुर्खेतमा ९ जना, भेरी अस्पताल नेपालगन्जमा १४ जना, शिक्षण अस्पताल काठमाडौँमा ८ जना र राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा २ जना गरी ३६ जनाको उपचार जारी छ। अन्य घाइते उपचारपछि घर फर्किसकेका छन्। मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी भूकम्पपछि झाडापखाला, रुघाखोकी, इन्फ्लुएन्ज