अमेरिकी दूतावास काठमाडौंले गैरआप्रवासी भिसा आवेदकका लागि अपोइन्टमेन्ट प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउन नयाँ नियम लागू गर्ने भएको छ। दूतावासकी प्रवक्ता जेहेरा नक्भीले हालै सार्वजनिक गरेको भिडियो सन्देशमा यो जानकारी दिएकी हुन्। उनका अनुसार, अमेरिकी भिसा अपोइन्टमेन्टको माग उच्च रहेको र धेरै आवेदकले समय लिन कठिनाइ भोगिरहेको अवस्थालाई सम्बोधन गर्न यो परिवर्तन गर्न लागिएको […]