नेपालमा महसुस भएको भूकम्पको केन्द्र तिब्बत, देशका विभिन्न भागसम्म धक्का महसुस

नेपालका विभिन्न स्थानमा महसुस भएको भूकम्पको केन्द्र तिब्बत रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। अलजजिराले युरोपियन मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी)लाई उद्धृत गर्दै बुधबार तिब्बतमा ५.३ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ। भूकम्पको गहिराइ जमिनको सतहबाट ३५ किलोमिटर रहेको उल्लेख छ। भूकम्पको धक्का नेपालका विभिन्न भागमा समेत महसुस भएको छ। पोखरा, चितवनलगायत विभिन्न स्थानबाट भूकम्प महसुस भएको […]