राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अब महाधिवेशन केन्द्रित भएको छ ।
संसद विघटनसँगै वैशाखका लागि तोकिएको निर्वाचनका कारण महाधिवेशन प्रभावित हुनसक्ने आशंका गरिएपनि सर्वाेच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि अब राप्रपा महाधिवेशन केन्द्रित हुने भएको हो ।
राप्रपा अध्यक्ष कमल थापाले बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै राप्रपा महाधिवेशन सुनिश्चित भएको जनाएका छन् ।
‘प्रतिनिधिसभा विघटन सम्बन्धी विवाद अन्त्य भएपछि अब राप्रपाको महाधिवेशन सुनिश्चित भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार राप्रपाको महाधिवेशन ...