भिजिट भिसामा गएर ओमानमा अलपत्र परेका नेपालीलाई सम्पर्क गर्न दूतावासको आग्रह

काठमाण्डौ – भिजिट भिसामा ओमान आएर अलपत्र परेका नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले सम्पर्क गर्न आग्रह गरेको छ । विभिन्न समयमा भिजिट भिसामा ओमान आएर अलपत्र र समस्यामा परेकाहरूलाई स्वदेश फर्कन सहजीकरण गर्ने भन्दै दूतावासले सम्पर्क गर्न आग्रह गरेको हो । अहिले भिजिट भिसामा आएर समस्यामा पर्ने नेपालीहरू कति छन् भनेर तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । त्यसैले यदि कोही पनि नेपाली नागरिक भिजिट भिसामा आएर समस्या परेको र नेपाल फर्कन चाहिरहेको भएमा ६ नोभेम्बर भित्र दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ । दूतावासमा eo...