कोरोनाको खोप अभियानले संसारभरी हुनसक्छ सुईको संकट, अर्को वर्ष २०० करोड सिरिन्जको कमी हुने डब्ल्यूएचओको चिन्ता

 अर्को वर्षसम्म संसारभरी करिब २०० करोड इन्जेक्सन सिरिन्जको कमी हुनसक्ने अनुमान गरिएका ेछ । विश्व स्वास्थ्य संगठनको एक रिपोर्टमा यो कुरा बताइएको छ । रिपोर्टमा बताइए अनुसार संसारभरी कोरोनाको खोप अभियानका कारण अत्यधिक मात्रामा सुई प्रयोग भइरहेका छन् ।मिडिया रिपोर्ट अनुसार हालसम्म संसारभरी ७२५ करोडभन्दा बढी कोरोनाको खोप दिइसकिएको छ । यसमा सिंगल, डबल र बुस्टर डोज समावेश छन् । भ्याक्सिनको यो मात्रा साधारणतया वर्ष दिनभरी लगाइने कूल खोपको संख्याभन्दा दोब्बर बढी हो । हरेक डोजका लागि भिन्न सिरिन्जको