सीता परियार बनिन् दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला

काठमाडौं । सीता परियार दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्ने नेपालको पहिलो महिला बनेकी छन् । उनी हुम्लाको सीडीओ भएकी हुन् । यसअघि दलित समुदायबाट पुरुषतर्फबाट डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सीडीओ बनिसकेका छन् । तर, सीता दलित समुदायबाट महिला सीडीओ भएकी हुन् । उनी यसअघि भक्तपुर जिल्लाको सहायक सीडीओ थिइन् ।

सम्बन्धित सामग्री

नागरिकता नपाएकाहरूको दुखेसो : कहिलेसम्म अनागरिक बन्ने ?

काठमाडौं । २६ वर्षीया सीता परियार (नाम परिवर्तित) को घर पोखरा हो । उनी हाल काठमाडौंमा बसोबास गर्छिन् । सानै उमेरमा उनको आमाको मृत्यु भयो । आमाको देहावसान भएपश्चात् उनका बाबु कता गए उनालाई पत्तो छैन । उनले विगत १० वर्षदेखि नागरिकताका लागि जिल्ला प्रशासन धाइरहेकी छन् । तर, प्रशासनले...