नेपाल क्रिकेट संघ (क्यान) को बैठकले क्रिकेट खेलाडीहरुको वर्गीकरणसहित विभिन्न ७ वटा निर्णय गरेको छ । बिहीबार सम्पन्न संघको बैठकले पुरुष र महिलातर्फका क्रिकेट खेलाडीहरुको वर्गीकरण गर्ने निर्णय गरेको हो। जसअनुसार सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसी तथा महिलातर्फ रुबिना क्षत्री, सीता राना मगर, इन्दु शर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी ग्रेड ए खेलाडी बनेका छन् । अन्य खेलाडीलाई बी र सी ग्रेडमा वर्गीकरण गरिएको छ । ग्रेडिङ भएका उनीहरुलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय क्या...