आइतबार नेपाल स्टक एक्सचेन्जमा कारोबार भएन । नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा भने मार्केट ओपन देखिएको थियो । मार्केट खुले पनि अफिस नै बसेर अनलाइन कारोबार गर्न प्राविधिक रूपमा असजिलो नभए पनि दलालहरूले कारोबार गरेनन् । एकजना लगानीकर्ताका अनुसार दलालले आज कारोबार हुँदैन भोलि आउनुहोला भनेर लगानीकर्तालाई फिर्ता गरेका थिए । यो स्टक दलालहरूले आइतबार एक दिनका लागि माओवादी बन्दप्रति ऐक्यबद्धता जनाएको हुन सक्ने ती लगानीकर्ताको अनुमान छ ।
विगतमा लामो समयदेखि घटिरहको नेप्से परिसूचक गत बिहीवार भने अचानक बढेको थियो । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा भएको राजनीतिक दलका शीर्ष नेताहरूको निर्णायक बहसले सेयर बजारमा सकारात्मक प्रभाव पारेको एक विश्लेषकको भनाइ छ । ठूला रजनीतिक दलका नेताहरूबीच सहमति बन्ने आसमा लगानीकर्ताहरूमा सेयर बजार बढ्ने अपेक्षा गरिएको थियो । फलस्वरूप गत बिहीवार नेप्से परिसूचक दुई अंकले वृद्धि भई ४२० अंकको हाराहारीमा पुगेको थियो । लामो समयदेखि सेयर बजारमा काम गरिरहेका एक लगानीकर्ताका अनुसार नेपालको सेयर बजार धेरै नै तल झरिसकेकाले विक्रिीका लागि आउने सेयर संख्या कम भएर पनि मूल्य बढेको हो ।
वस्तु बजार प्रभावित भएन
एकीकृत नेकपा माओवादीले घोषणा गरेको अनिश्चितकालीन आम हडतालले कमोडिजिटज एक्सचेन्जहरूको कारोबारमा भने प्रभाव पारेको छैन । राजधानीका सम्पूर्ण बजार, उद्योग धन्दाका साथै कलकारखानाहरू बिहीवारदेखि नै प्रायः बन्द भए तर कमोडिटिज एक्सचेन्जको कारोबार भने यथावत् सुचारु रह्यो ।
वर्ष ५, अंक ३५, २०६७, वैशाख २०–२६