यातायात व्यवस्था कार्यालयको नाम सुन्दामै धेरैको दिमागमा अस्तव्यस्त र भिडभाड हुने ठाउँको तस्बिर झल्किन्छ । सेवाग्राहीको लाइन, बिचौलियाको बिगबिगी र कर्मचारीको ढिलासुस्ती लगायतका समस्या समाधान गर्न कार्यालयले धेरै प्रयास पनि गर्याे । अनलाइन प्रविधिमार्फत सेवा दिने घोषणा पनि गर्याे । तर यातायात कार्यालयमा हुने सास्ती र हैरानी उस्तै छ ।
यस्तै सास्ती पाउनेमध्ये एक हुनुहुन्छ, एकान्तकुनाको यातायात व्यवस्था कार्यालयमा एउटा हातमा फाइल च्यापेर राजस्व बुझाउने बैंक भौचर खोज्दै हिँडेका गौरव राई । स्थायी घर भोजपुर भइ अह...