मैदानमा आए वर्षमान, को बन्ला माओवादीको महासचिव ?

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन विदेशमा करिब ४ महिना लामो उपचारपश्चात सोमबार साँझ नेपाल फर्किए। चीनबाट स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले आफू महासचिवको सशक्त दावेदार रहेको सन्देश दिन भ्याए । अर्का नेता जनार्दन शर्मा पनि महासचिवको दौडमा रहेका बेला पुनले यस्तो सन्देश दिएसँगै सो पार्टीमा महासचिव चयन गर्न थप सकस पर्ने देखिएको छ । पुस तेस्रो साता महाधिवेशनको समापन गरेको माओवादी केन्द्रले केन्द्रीय कमिटी र त्यसलगत्तै केन्द्रीय समितिबाट अध्यक्षमा प्रचण्डलाई चयन गरेपनि पदाधिक...