सन् २०२२ को पहिलो नौ महिनामा युरोपेली संघमा गैर–कानुनीरूपमा प्रवेश गर्नेको संख्या ७० प्रतिशतले वृद्धि भई सन् २०१६ यताकै उच्च विन्दुमा पुगेको इयूको सीमा निकायले बिहीबार जनाएको छ।इयूको सीमा निकाय (फ्रन्टेक्स) का अनुसार कुल दुई लाख २८ हजार २४० व्यक्ति प्रवेश गरेको भेटिएको छ। यसमध्ये बाल्कन क्षेत्रबाट एक लाख छ हजार ३९६ जना प्रवेश गरेका थिए। यो संख्या सन् २०२१ को सोही अवधिको तुलनामा १७० प्रतिशतले बढी हो। फ्रन्टेक्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'पश्चिमी बाल्कनमा पहिलेदेखि नै रहेका