२२ असार, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल (मप) विश्वविद्यालयमा आमरण अनसन बसेका इन्जिनियरिङ संकायका विद्यार्थीको अवस्था नाजुक बनेपछि अस्पताल भर्ना गरिएको छ ।
तीन दिनदेखि आमरण अनसन बसेकामध्ये रोशन बस्नेतको स्वास्थ्य अवस्था कमजोर भएपछि शुक्रबार विहान वीरेन्द्रनगरको देउती अस्पतालमा भर्ना गरिएको नेविसंघका केन्द्रीय सदस्य अनिलबहादुर शाहीले जानकारी दिए । डाक्टरका अनुसार …