कर्णालीका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रदेशका यौनिक अल्पसंख्यकहरुलाई सीपका आधारमा आत्मनिर्भर बनाइने बताएका छन् । उनले यौनिक अल्पसंख्यकको सुरक्षा र रोजगारमा प्रदेश सरकार गम्भीर रहेको पनि बताए । बिहीबार यौनिक अल्पसंख्यकहरुसँगको छलफलमा उनले भने,‘सीप सिकाएर आत्मनिर्भर बनाउने हामीले कार्यक्रम ल्याएका छौँ ।’ यौनिक अल्पसंख्यकहरु अहिले पनि खुल्न सकिरहेका छैनन् । कतिपय खुलेकाहरू पनि असुरक्षित छन् । त्यसैले तपाईंहरुको सुरक्षा र रोजगारको विषयमा हामी गम्भीर छौँ ।&