महिला उद्यमी महांसघद्वारा अपांगता भएका महिलाको उद्यमशिलता विकास गर्न शास्त्रिय सांगित कन्सर्ट

जेठ ८, काठमाडौं । महिला उद्यमी महांसघ नेपालले गत शुक्रवार पाटन दरबार क्षेत्रमा सुर्कम व्याण्डसँगको सहकार्यमा शास्त्रिय सांगीतिक कार्यक्रम (सागितिक कर्न्सट) को आयोजना गरेको छ । ८० वर्षिया वरिष्ठ सितारवादक गंगा प्रधानकको प्रस्तुतिपछि गाला डिनरको समेत आयोजना गरिएको थियो ।शान्ति र सद्धभावको लागि संगीत भन्ने अवधारणाको साथ आयोजित यस सांगितिक कार्यक्रम मार्फत महांसघले अपांगता भएका महिलाहरुमा उद्यमशिलता विकासका लागि कोष संकलन गरेको छ। महिला उद्यमी महांसघ नेपालले आयोजना गरेको यस कार्यक्रमको मुल उद्देश्य अपांगता भएका महिलाहरुका लागि उद्यमशिलताको विकास गर्दै आर्थिक शसक्तिकरण मार्फत सामाजिक रुपान्तरणमा योगदान पुऱ्याउने रहेको छ । उक्त कार्यक्रममा महांसघमा आवद्ध १३ जना महिला उद्यमीहरुका उत्पादनलाई विक्रीवितरणका लागि प्रदर्शनीमा राखिएको थियो । महांसघद्वारा आयोजित सो कार्यक्रमलाई श्री भैरव ज्वयेलरी, सोवा हेल्थकेयर, ज्योति विकास बैंक, नबिल बैंक, सगरमाथा इन्स्योरेन्स र मागी शाहाले प्रायोजन गरेको थियो ।साथै कार्यक्रममा उपस्थित दर्शकहरुका लागि लक्कि ड्र मार्फत पुरस्कार वितरण गर्न सुराची ट्राभल्स एण्ड टुर्स, होटल लुम्बिनी गार्डेन न्यु क्रिस्टल, माउन्ट प्रिन्सेस होटल र कन्ट्री क्लव चित्लाङले प्रायोजन गरेका थिए । कन्सर्टमा २०० जना भन्दा बढी दर्शक उपस्थित रहेका थिए । नेपाल भरिका उद्यमी महिलाहरुको प्रतिनिधी संस्थाको रुपमा कार्यरत महिला उद्यमी महासंघ नेपालको स्थापना वि.स २०६० असार २७ गते गैरनाफामुलक सस्थाको रुपमा स्थापना भएको हो । संस्थाले आफ्नो स्थापना काल देखि नै समावेशी तवरले महिला उद्यमीहरुको विकास एवं प्रबर्द्धनका लागि विभिन्न कार्यहरु गर्दै आएको छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा हुने नीति निर्माण एवं निर्णय प्रकियामा महिला उद्यमीहरुका हक अधिकारहरुको सुनिश्चितताका लागि महासंघले उनीहरुका विविध सवाल एवं सरोकारहरु प्रति सशक्त ढंगबाट वकालत गर्दै आईरहेको छ । महिला उद्यमी महांसघ नेपालले सातै प्रदेशका ७७ वटै जिल्लाहरुमा आफनो जिल्ला सघंहरुको विस्तार गर्ने योजना रहेकोमा हालसम्म विभिन्न ५७ जिल्लाहरुमा महिला उद्यमी जिल्ला संघहरुको गठन गरी ३००० भन्दा बढी महिला उद्यमीहरुलाई जिल्ला सघंमा आबद्धता गराइसकेको छ भने महांसघमा १०० भन्दा बढी सदस्यहरु आबद्ध रहेका छन ।

सम्बन्धित सामग्री

महिला उद्यमी महासघंको “मेरो सहयोग उद्यमशिलता विकास” कार्यक्रम सुरु

महिला उद्यमी महासघंले “मेरो सहयोग उद्यमशिलता विकास” भन्ने नाराका साथ महिला उद्यमशिलता कोष सुरु गरेको छ।