चितवन । राप्ती नगरपालिकाका किसानले कृषि क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउनु पर्ने माग गरेका छन । किसानको तर्फबाट यस्तै माग समेटेर जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाले राप्ती नगरपालिकालाई शुक्रबार ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा रासायनिक मल पर्याप्त पाउनुपर्ने, मल डिपोका सहकारीलाई कृषक तथा शेयर सदस्य संख्याका आधारमा रासायनिक मल उपलब्ध गराउनुपर्ने, नगरको कुल बजेटको २५ प्रतिशत कृषिका लागि छुट्टयाउनुपर्ने, नगरका सबै वडामा कृषिको विशेष योजना ल्याउनुपर्ने, विभिन्न बालिका आबद्ध उत्कृष्ट किसानलाई पुरस्कृत गर्नुपर्ने उल्लेख छ ।
किसानको दिगो विकासका लागि राप्तीका किसानले कृषि योजना ल्याउनुपर्ने उनीहरुको माग छ । साथै रासायनिक मल र रासायनिक विषादी प्रयोग बिस्तारै कम गर्दै अर्गानिक खेतीलाई प्रोत्साहन दिनुपर्ने उनीहरुले ज्ञापन पत्र मार्फत माग गरेका हुन् ।
कृषिको विकासका लागि नगरपालिकाले पर्याप्त बजेट विनियोजन गर्न नसकेको उनीहरुको आरोप छ । नगरको अधिकांश जमिन खेतीयोग्य रहेकाले कृषिलाई नै प्राथमिकता दिएर योजना बनाउनुपर्ने संस्थाले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
संस्थाका अध्यक्ष धर्मराज कँडेलले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीलाई ज्ञापन पत्र बुझाएका थिए । यसै, कृषकलाई आवश्यक यान्त्रीकरण उपलब्ध गराउनुपर्ने, उन्नत बीउबिजन अनुदानमा उपलब्ध गराउनुपर्ने, बेमौसमी समयमा पहाडी वडामा विशेष योजना लैजानुपर्ने लगायतका माग गरिएको छ ।
यसैगरी, कृषक मल कार्ड प्रदान गर्नुपर्ने, कृषक बाली बिमा योजना ल्याउनुपर्ने, सिंचाइका लागि स्यालो बोरिङ र डिप बोरिङ पर्याप्त हुनुपर्ने, संस्थालाई एक जना कृषि प्राविधिक उपलब्ध गराउनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्र बुझाउँदै संस्थाका अध्यक्ष धर्मराज कँडेलले राप्तीमा समग्र कृषि क्षेत्रलाई उपेक्षा गरिएको बताए । जिल्लामा सबैभन्दा बढी उर्वर उत्पादन हुने पालिका राप्ती भएपनि यस क्षेत्रलाई वेवास्ता गरेको उनले आरोप लगाए ।
यसअघिपनि नगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको संस्थाका अध्यक्ष कँडेलको भनाइ थियो । ज्ञापन पत्र बुझ्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले सहकारीले पेस गरेको ज्ञापन पत्र नगरप्रमुखलाई उपलब्ध गराउँदै कृषिको विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
झापा । अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध दक्षिण झापाको हजारौँ बिघा जग्गामा सिँचाइ सुविधा पु¥याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ । उक्त परियोजनाका लागि नेपाल सरकारले रु १२ करोड बजेट विनियोजन गरेको छ ।
झापा — अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध दक्षिण झापाको हजारौँ बिघा जग्गामा सिँचाइ सुविधा पुर्याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ । उक्त परियोजनाका लागि नेपाल सरकारले १२ करोड बजेट विनियोजन गरेको छ । नदी सिँचाइ प्रणालीले नछोएका र आकाशे पानीको भरमा खेती गरिरहेका कचनकबल गाउँपालिकाको सातवटै वडा र भद्रपुर नगरपालिकाको १, २ […]