महाभियोग सिफारिस समितिको बैठक सुरू भएको छ ।सिंहदरवारस्थित संसद सचिवालयमा निर्धारित समयभन्दा झण्डै १ घण्टा ढिलोगरी बैठक सुरु भएको हो । बयानका लागि सिंहदरवार पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भने बैठकमा बालाइएको छैन । समितिका सदस्यहरुबीचको छलफलपछि राणालाई बैठकमा बोलाएर बयान लिने तयारी छ । राणा निर्धारित समयमै सिंहदरवार पुगेका थिए । गत १ फागुनमा सत्तारुढ दलले राणामाथि महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको थियो