लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिश

२६ वैशाख, काठमाडौं । संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिश गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिश गरेको स्रोतले बतायो । लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिरकुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । […]

सम्बन्धित सामग्री

लोक सेवा: निजामतीमा २४ हजार महिला कर्मचारी

पचासको दशक लोक सेवाका विज्ञापन खुल्थे तर आवेदन नै पर्दैनथे । महिलाका लागि विज्ञापन खुल्थे, पद हुन्थ्यो तर योग्यता पुगेका महिलाको आवेदन नै पर्दैनथ्यो । पूर्वसचिव तथा लोक सेवा आयोग सदस्य बृन्दा हाडाले २०५७ सालमा आफू एक्लो महिला सहसचिव भएको बताइन् ।

वार्षिकोत्सव मनाउँदै लोक सेवा आयोग

लोक सेवा आयोगले शनिबार स्थापनाको ७४ औँ वार्षिकोत्सव मनाउँदै छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यता रहने कार्यक्रममा विभिन्न संवैधानिक निकायका प्रमुख, लोक सेवा आयोगका पूर्वपदाधिकारी तथा पूर्वसचिव, नेपाल सरकारका सचिव, चार वटै सुरक्षा निकायका लामो समय आयोगमा कार्यरत रही हाल सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीलगायतको बृहत् उपस्थिति रहने आयोगले जनाएको छ ।

प्रदेश ३ को लोक सेवा आयोग अध्यक्षमा सुरेशमान श्रेष्ठ सिफारिस

२९ कात्तिक, काठमाडौं । प्रदेश ३ को लोकसेवा आयोगको अध्यक्ष नियुक्तिका लागि पूर्वसचिव सुरेशमान श्रेष्ठलाई सिफारिस गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेल संयोजकत्वको सिफारिस समितिले श्रेष्ठलाई अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको हो । अध्यक्ष र सदस्य …