शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षासँगै उत्पादन र प्रसारलाई सँगै लिएर व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।
विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहलाई मंगलवार रामपुरमा सम्बोधन गर्दै उनले विश्वविद्यालयले दक्ष अनुशासित कृषि र वन प्राविधिक उत्पादन गरेको बताए ।
‘यहाँबाट उत्पादित विद्यार्थीको ज्ञानलाई देश विकासमा लगाउन जरुरी छ,’ उनले भने, ‘विश्वविद्यालयले शिक्षासँगै प्रसारणमा गरेको योगदानले महत्त्वपूर्ण भूमिका खेलेको छ । यहाँ उत्पादित विद्यार्थील...