काठमाण्डाै – सत्तारुढ नेपाली कांग्रेसका नेता रमेश लेखकले मन्त्रिपरिषद् छिट्टै विस्तार हुने बताउनुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता लेखकले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा गम्भीर भएर लागिपरेको दाबीसमेत गर्नुभयो ।
आज सोमवार काठमाण्डाैमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले विभिन्न राजनीतिक दलहरूको वैधानिकताले गर्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन गएको स्पष्ट पार्नुभयो । नेता लेखकले भन्नुभयो, ‘मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा यो सरकारमा संलग्न हुने...