महोत्तरी सहितका मिथिला क्षेत्रमा शनिवार गुरु पूर्णिमा पर्व मनाइँदैछ ।
असार पूर्णिमाका दिन शनिवार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदै गरिएको हो ।
पर्वमा गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ बस्त्रआभूषण फेराउने र मिष्टान्न भोजन गुरुलाई गराउने मैथिल परम्परा छ ।
पर्व विशेषले मिथिला क्षेत्रमा शनिवार बजारु चहलपहल पनि ह्वात्तै बढाएको छ । गुरुका लागि बस्त्र, मिष्टान्न परिकार र फलपूmल किन्नेको भीडले अन्य बेला दिउँसो जम्ने यहाँका बजार आज बिहानै भरिभराउ देखिएका...