अवैध रूपमा बालुवा झिक्ने स्काभेक्टर दुर्घटना हुँदा चालक बेपत्ता

बेलकोटगढी नगरपालिका–७ रातमाटेमा अवैध रूपमा त्रिशूली नदीबाट बालुवा उत्खनन गर्ने स्काभेक्टर दुर्घटना हुँदा धादिङका सुरेश तामाङ बेपत्ता भएका छन् । आइतबार राती नदीबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेको स्काभेक्टर नदीमा भाँसिदा महादेवस्थानको तसर्पुका २९ वर्षका चालक तामाङ हराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिए । ‘चालकले भाँसिएको स्काभेक्टरको झ्यालको ढोका फुटाएको…