जापानलाई कर्मथलो बनाएर बसेका कास्केलीहरुको साझा संस्था कास्की-पोखरा समाज जापानले कोरोना संक्रमण भएकाहरुको उपचारमा अक्सिजन अभाव भएपछि थालिएको अभियानमार्फत हालसम्म हालसम्म ७ लाख रुपैयाँ बराबरको ५० वटा सिलिण्डर हस्तान्तरण गरिसकेको जनाएको छ । विज्ञप्ति अनुसार समाजले सुरुमा पोखरा २७ स्थित शिशुवा अस्पताल अन्तर्गत संचालित कोभिड अस्पताललाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी मार्फत २० थान सिलिण्डर …