‘नेपहपको श्रीपेच’ फागुन १६ गतेबाट प्रशारण हुने

काठमाडौँ। रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो प्रोमो सार्वजनिक भएको छ। प्रोमोमा अहिलेका भाइरल र्यापर ‘माइला’को प्रस्तुतिलाई देखाइएको छ। प्रोमोमा मिस्टर डी, डेजेन र कवि–जी प्रि–जजहरूको रूपमा देखाइएको छ। तर यस शोको जजमा भने र्यापर बालेन शाह, गिरिस खतिवडा र मानस घले छन्।