काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेट भएको छ । प्रधानसेनापति शर्मालाई भेट्न शुक्रबार नवनियुक्त भारतीय राजदूत श्रीवास्तव नेपाली सेनाको मुख्यालयमा पुगेका थिए । भेटको क्रममा दुई पक्षबीच आपसी हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको बताइएको छ। साथै उक्त भेटले दुई देशबीच रहिआएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ […]