शिशु जन्मिएपछि व्यक्ति युवा, वयस्क अवस्था पार गर्दै पाको अवस्थामा पुग्नु सामान्य प्राकृतिक प्रक्रिया हो। व्यक्ति सधैँ जवान रहिरहन सक्दैन। तर पाको उमेरमा स्वस्थ तथा तन्दुरुस्त रहन भने सकिन्छ। नियमित व्यायाम गरी सन्तुलित रुपमा भोजन गर्नाले व्यक्ति पाको उमेरमा स्वस्थ तथा मजबुत रहन सकिन्छ।