काठमाडौं : मुमताज बेगम म्यानमारमै थिइन्। सरकारी सेनाले घर जलाइदियो। भएभरको सम्पति लुट्यो। गोठमा भएका बस्तुभाउ मान्छेसँगै काटे। त्यसबेला छिमेकी र आफन्त धेरै मारिए। परिवारसँगै बसिरहेको बेला बाहिरबाट चुकुल लगाए अनि आगो झोसिदिए। उर्दु भाषा सिकिरहेका बालबालिका त्यही भष्म भए। घटना सन् २०१३ को हो। सम्झँदामात्र पनि भावुक हुन्छिन् उनी।