अस्ट्रेलिया : नेपाल चालक अनुमतिपत्रले अस्ट्रेलिया सवारी चलाउन पाइने व्यवस्था परिवर्तन हुने भएको छ। अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यले नेपाल, चीन र भारतलगायतका देशबाट जारी भएको लाइसेन्सले अब ६ महिना मात्र मान्यता पाउने व्यवस्था गरेको हो। नेपाली लाइसेन्सले अस्ट्रेलियामा सवारी साधन चलाउन पाइने भएकाले विभिन्न काम र अध्ययनका सिलसिलामा अस्ट्रेलिया पुग्ने नेपालीहरूले नेपालको लाइसेन्स लिएर जाने गरेका छन्। न्यू साउथ वेल्सका अधिकारीहरूका अनुसार सम्भावित सडक दुर्घटनाको जोखिम कम गर्न