तेह्रथुमको प्रदेशसभा (क) मा सुब्बा र दुलालबीच प्रतिस्पर्धा, कसलाई कति चुनौती ?

आगामी ४ मंसिरमा हुने निर्वाचनमा तेह्रथुमको प्रदेश सभा (क) मा लोकतान्त्रिक वाम गठबन्धनबाट  कांग्रेसका युवा नेता सन्तोष सुब्बा र एमालेको तर्फबाट किशोरचन्द्र दुलाल प्रतिस्पर्धा गर्दैछन् । सुब्बा र दुलाल दुबै प्रदेसभामा नयाँ अनुहार हुन् । ६५ वर्षका दुलाल र ४४ वर्षका सुब्बा बुबाछोराको फरक उमेर बीच प्रतिस्पर्धामा आएका छन् । २०७४ सालमा  एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा यस क्षेत्रमा एमालेका लक्ष्मण तिवारीले जितेका थिए । एमालेबाट तिवारीले टिकटको दावी गरे पनि यसपटक भने पाएनन् । तिवा