कञ्चनपुर – झन्डै डेढ दशकअघि कञ्चनपुरमा सुरु भएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर निर्माणमा अरबौँ रुपैयाँ खर्च भए पनि पानी भने अझै बग्न सकेको छैन । राष्ट्रिय गौरवको आयोजनामा समेत समेटिएको महाकाली सिँचाइ आयोजनाले डेढ दशकमा २५ किलोमिटर मूल नहर पनि तयार गर्न सकेको छैन । आयोजना सुरु भएदेखि अहिलेसम्म चार अर्ब ९२ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिनुभयो ।अहिलेसम्म १३ किलोमिटर मूलनहर निर्माण सकेर आयोजनाले दुई अर्ब ३२ करोड रुपैयाँको लागतमा थप १५ किलोमिटर...