नेप्से २९ सय अंक नाघेको छ । साताको पहिलो दिन आइतवार ६९ अंकले शेयर बजार बढेर नेप्सेले २९२६.७४ अंकमा पुगेको हो ।
नेप्से बढेसँगै आइतवार ९ अर्ब ६७ करोड रूपैयाँको कारोबार भएको छ । बजार बढेका कारण सबै समूहका सूचकमा हरियाली देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आइतवार बजार ६९ अंकले बढेको हो । बजार बढेसँगै सेन्सेटिभ इन्डेक्स २.२२ प्रतिशतले बढेर ५४२.६३ अंकमा पुगेको छ ।
आइतवार नेप्सेमा सूचीकृत २२९ कम्पनीका एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर किनबेच भएको छ ।
बजार बढेको ...